धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु
काठमाण्डाै – काभ्रेकाे धुलिखेल अस्पतालले दुर्गम क्षेत्रका बिरामीलाई लक्षित गरी ‘टेलिमेडिसिन’ प्रविधिबाट सेवा सुरु गरेको छ । अस्पतालले युरोपियन प्रविधियुक्त टेलिमेडिसेन सेवा आज मङ्गलवारदेखि काभ्रेको तेमाल गाउँपालिका ४ मा रहेकाे बोल्दे फेदिचे स्वास्थ्य केन्द्रबाट सुरु गरेको हो ।
धुलिखेल अस्पतालका छाला र आँखा रोग विभागका विशेषज्ञ डाक्टरहरूले टेलिमेडिसिनमार्फत बिरामीको स्वास्थ्य परीक्षण, परामर्शलगायतका सेवा दिएका थिए । यसबाट झन्डै ४० जना बिरामी लाभान्वित भएका थिए । यस्तो उच्च प्रविधिको टेलिमेडिसिन विधि उपयोग गरेर दुर्गम गाउँका बिमारीले विशेषज्ञ डाक्टरबाट प्रत्यक्ष सेवा पाएको सम्भवतः नेपालमा पहिलो भएकाे बताइएकाे छ ।
दुर्गम भेगका नागरिकले अत्याधुनिक प्रविधिमार्फत न्यून शुल्कमा स्वास्थ्य सेवा पाउनु ज्यादै खुसीको विषय भएको स्थानीयवासी तिलक लामाले बताउनुभयाे । उहाँले अस्पतालले यस्तो सेवालाई अन्य विकट क्षेत्रमा पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयाे ।
धुलिखेल अस्पतालको आउटरिच स्वास्थ्य संस्थाको रूपमा रहेको बोल्दे स्वास्थ्य केन्द्रले बिरामीबाट ४० रुपैयाँ मात्र सेवा शुल्क लिने गरेको छ । उज्यालो
August 9, 2022 9:47 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै