

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्यायाे

काठमाण्डाै – न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ ।
अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन शीतल निवास अगाडि निषेधित क्षेत्रमा पुगेपछि रोकेर उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो । शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाउन खोज्दा प्रहरीले रोकेर पक्राउ गरेको थियो । प्रवक्ता मैनालीले भने पक्राउ गरेको नभइ निषेधित क्षेत्र तोड्न खोज्ने व्यक्तिलाई रोकेर अस्पताल लगेको बताउनुभयो ।
निहारिकाले गएको २० गतेदेखि आमरण अनशन सुरु गर्नुभएको हो । वसन्तपुर डबलीमा अनशन बसिरहेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताउनुभएको उहाँका सहयोगीहरूले बताएका छन् ।
जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आरोप छ । उहाँले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपितलाई पक्राउ गर्न माग राख्नुभएको छ । यसअघि आरोपितलाई जिल्ला अदालत धनुषाले उनीहरूबीच सहमतिमै सम्बन्ध रहेको भन्दै सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गर्नुभएकोमा त्याे मुद्दाको पेसी सरेको सर्यै छ । निहारिकाले चाँडो आफ्नो मुद्दा किनारा लगाउन माग गर्नुभएको छ ।
यसअघि गएको जेठमा पनि निहारिका आमरण अनशन बस्नुभएकोमा सरकारी पक्षसँग पाँच बुँदे सहमति पछि अनशन तोड्नुभएको थियो । तर आफूसँग सरकारले गरेको कुनै पनि सहमति कार्यान्वयन नभएको निहारिकाको गुनासो छ । उज्यालो
August 13, 2022 4:21 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

