राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु
काठमाण्डौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।
कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।
केन्या भ्रमण गर्न लागेको टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई समेट्दै १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ । अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यामा आयोजना हुन लागेको पाँच वटा टी–२० र तीन एकदिवसीय शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यू–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् । मल्लले पछिल्लो पटक विश्व क्रिकेट लिग–२ अन्तर्गत गएको मार्चमा यूएईसँगको खेलमा समावेश थिए ।
राष्ट्रिय टोलीमा पछिल्लो पटक स्कटल्यान्ड भ्रमण गरेका विनोद भण्डारी, कुशल भुर्तेल र सुनिल धमला अटाएका छैनन् भने अर्जुन साउद पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका हुन् । यस्तै वैकल्पिक खेलाडीमा क्यानले चार खेलाडी समावेश गरेको छ । वैकल्पिकमा तीव्र गतिका बलर जितेन्द्र मुखियासहित भीम सार्की, प्रतिश जिशी र हरिशंकर शाह रहेका छन् ।
केन्यासँगको शृङ्खलाका लागि तालिकासमेत सार्वजनिक भएको छ । पहिलो टी–२० अगस्ट २५ मा हुनेछ भने दोस्रो अगस्ट २६, तेस्रो अगस्ट २८, चौथो अगस्ट २९ र अन्तिम अगस्ट ३० मा हुनेछ । यस्तै पहिलो एकदिवसीय सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुने तालिका छ । उज्यालो
August 17, 2022 1:02 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक