आज २ सय ८४ वटा फाेहरका गाडी बञ्चरेडाँडा पुगे, अवराेध नभए केही दिनमै सबै फाेहर उठिसक्छ : मेयर साह
काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे फाेहर लैजाने क्रममा बञ्चरेडाँडा ल्यान्डफिल्ड साइटमा भइरहेकाे सबै अवराेध हटेकाे छ ।
आज बिहीवार दुई सय ८४ वटा गाडी फोहर बाेकेर बञ्चरेडाँडा पुगेकाे काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभएकाे छ । यही अवस्था रहेमा केही दिनमा नै सबै फोहर उठिसक्ने उहाँले बताउनुभएकाे छ ।
मेयर साहले फाेहर लैजान सहयाेग गर्ने नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगीलगायतलाई धन्यवाद पनि दिनुभएकाे छ । उज्यालो
सडकमा अहिले भइरहेको सम्पुर्ण अवरोधहरु हटेका छन् । आज मात्रै २८४ गाडी फोहोर बन्चरे पुगेका छन् । यहि कायम रहिरहेमा केहि दिनमा नै सबै फोहोर उठिसक्ने छ ।
हामीसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेका छन् । ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ । हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।
हामीलाई थप ट्रिपर तथा ट्रक उपलब्ध गराउन चाहने व्यक्ति वा संस्थाले हाम्रो सचिवालय सदस्य सुनिल लम्साल ९८५११०१०६० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
