

अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।
बङ्गलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आज बुधवार अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले देशका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिङ्गो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो । १४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र खेलाडीबीच विवाद भएको थियो । विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए । त्यसयताका कुवेत भ्रमणसहितका केही खेलबाट चेम्जोङसहितका केही खेलाडी वञ्चित भएका थिए ।
गोलकिपर चेम्जोङले विनाकारण टिमबाट निकालिएकाे भन्दै सञ्चारमाध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेको गुनासो गर्नुभयो । चेम्जोङले अलमुताइरीले आफूलाई टोलीभन्दा बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टोली बिगार्दा भने दुःख लागेको बताउनुभयो ।
तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टोलीले आउँदाे असोजमा बङ्गलादेशसँ मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ । त्यही मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीका गोलकिपर किरण चेम्जोङ पनि टोलीमा समावेश छन् । लगातार १४ वर्ष राष्ट्रिय टोलीबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टोलीभन्दा बाहिर रहँदा आराम भएको चेम्जोङले बताए । टोलीमा फर्किएपछि उनले कुनै पनि खेलाडीले फुटबल व्यक्तिका लागिभन्दा राष्ट्रिय झण्डाका लागि खेल्ने बताए ।
आउँदाे असोज ११ गते त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आयोजना हुन लागेको बङ्गलादेशसँगकाे मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई सुखद नतिजा दिलाउने प्रमुख प्रशिक्षक प्रदीप हुमागाईँले प्रतिबद्धता जनाएका छन् । त्यसकै तयारीका लागि अहिले नेपाल टोली प्रशिक्षणमा रहेको छ । एक हप्ताकाे अभ्यासमा अहिले टोली सामान्य लयका लागि प्रयास गरिरहेको छ । प्रमुख प्रशिक्षक हुमागाईँले छिट्टै टोलीलाई घटाउने भने पनि एक हप्ता बितिसक्दा टोलीको सङ्ख्या घटेको छैन । फुटबल गतिविधि नभएको अवस्थामा हुन लागेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि पहिलो हप्ता अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए । राईले फुटबल बनोटअनुसार सुरुवाती चरणमा गरिने अभ्यास बितेको एक हप्तामा गरेको बताए । राष्ट्रिय टोलीमा दिएको जिम्मेवारी आफ्ना लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए ।
पहिलो कार्यसमितिले बाहिरिएका खेलाडीलाई राष्ट्रिय टोलीमा फर्काउने निर्णय भएअनुसार हुमागाईँले अलमुताइरीले निकालेका खेलाडीलाई समावेश गर्दै टोलीमा फर्काएका हुन् । अभ्यासमा सहभागी १० खेलाडीमध्येका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए । फेरि पनि मैदान फर्किएर सँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुसी लागेको र नयाँ सुरुवातका साथ अगाडि बढेको उनकाे प्रतिक्रिया छ ।
प्रशिक्षक हुमागाईँले केही नयाँ खेलाडीलाई समावेश गर्दै ४० खेलाडीलाई मौका दिएका छन् । फुटबल प्रतियोगिता नभएको अवस्थामा आयोजना हुन लागेको मैत्रीपूर्ण फुटबलका लागि केही नयाँ अनुहार पनि समावेश भएका छन् । केही अनुभवी खेलाडी र केही नयाँ खेलाडीलाई समावेश गर्दै प्रशिक्षक हुमागाईँ नेपाललाई सुखद नतिजा दिलाउने लक्ष्यमा रहेका छन् । उज्यालो
August 25, 2022 4:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

