

मोना कुवेतको तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कुवेतको मङ्गाफ स्थित मेमोरिस हलमा २६ अगष्ट शुक्रवारको दिन तेश्रो वार्षिकोत्सव तथा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अध्यक्ष मान बहादुर फगामीको सभापतित्व र आईइसी मध्यपूर्व उपसंयोजक तथा मोना कुवेतका सल्लाहकार दिपक छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । मोना कुवेतले तेश्रो वर्ष पूरा गरेको उपलक्ष्यमा पानसमा दिप प्रज्वलन गरी केक काटेर मनाएको थियो । कार्यक्रम संचालन महासचिव तेजिन्द्र श्रेष्ठले गरेका थिए ।
वरिष्ठ उपाध्यक्ष नन्द बरुवालले सस्थाको आयव्यय प्रस्तुत गरेको थिए भने सस्थाको प्रतिवेदन उपाध्यक्ष चन्द्र गोतामेले प्रस्तुत गरेका थिए । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तीजको विशेष अवसरमा शुभकामना आदानप्रदान सहित चेलीबेटीलाई सम्मान पनि गरेको थियो । सस्थापक कोषाध्यक्ष कृष्ण प्रसाद खडकाको निधन भएको र अन्य पदाधिकारी तथा सदस्य कुवेत बसाईलाई बिट मारी स्वदेश फर्किएको हुदा कार्य समितिमा पद रिक्त रहेको थियो ।
मोना कुवेतको २०२१~२०२३ कार्य समितिको कोषाध्यक्ष पदमा गंगाधर गौत्तम, सह-कोषाध्यक्षमा तार्जन पुन, प्रवक्तामा अंकित गैरे सर्वसम्मत चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा भक्त हर्मेल, बिमल पुन , चुन बहादुर रोका, लिल बहादुर रोका, नारायण थापा, गौदेबी फगामी, मनदेबी गुरुङ, सुवास साप्कोटा र नविन थापा सर्वसम्मत चयन भएका छन । कार्यक्रममा म्याग्देलीहरुको उल्लेख उपस्थिति रहेको थियो ।
August 28, 2022 8:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

