स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान
काठमाण्डाै – आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरू सङ्गठित रूपमै मङ्सिर ४ गतेको चुनावमा उठ्ने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो । ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणापत्र, चुनाव चिह्न र साझा उम्मेदवार घोषणा गरिएको छ ।
घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा काठमाण्डाै क्षेत्र नम्बर ८ बाट आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीले अहिले भएका दलहरू नागरिक र देश केन्द्रित नभएको बताउनुभयो । उहाँले धेरै पार्टीहरू भएकै कारण देश बिग्रिएको भन्ने मानसिकता रहेको बताउनुभयो ।
सायमीले अहिले नेपालमा भएका दलहरू एकै खालका भएको टिप्पणी पनि गर्नुभयाे । उहाँले अहिले नेपालमा भएका ठूला दलहरू निजी कम्पनी जसरी चलिरहेको दाबी गर्नुभयो । सायमीले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई निर्वाचन आयोगले पनि विभेद गरेको गुनासो गर्नुभयो । उहाँले आफूहरूलाई जिताएमा देशमा परिवर्तन आउने दाबी गर्नुभयो ।
त्यस्तै कलाकार मधुसूदन पाठक (सीते बा) ले पनि काठमाण्डाै ५ बाट प्रतिनिधि सभा सांसदको उम्मेदवार घोषणा गर्नुभयो । उहाँले आफूले १७ वर्षको उमेरदेखि काठमाण्डाै ५ मा व्यवसाय गर्दै आएकाले त्यहाँबाट उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
लौरो अभियानमार्फत बिहीवार ११ जनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । प्रतिनिधि सभातर्फ सात जना र प्रदेश सभातर्फ चार जना गरी जम्मा ११ जनाले उम्मेदवारी घोषणा गरेका हुन् । विद्या श्रेष्ठ महर्जनले काठमाण्डाै ९, राजाराम तण्डुकारले ललितपुर ३ र भीष्म रानाले रुपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन् । भक्तपुर २ बाट लोकेन्द्र र काठमाण्डाै २ बाट रोहन कार्कीले उम्मेदवारी दिन लागेका हुन् । उज्यालो
September 2, 2022 2:04 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन