७ वटा क्यासिनाेलाई काठमाण्डाै महानगरकाे चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही गरिन्छ
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले एक हप्ताभित्र मनोरञ्जन कर तिर्न सात वटा क्यासिनोलाई पत्र पठाएकाे छ ।
आज आइतवार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एन्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग, हाेटल एल्फटकाे बाल्काे क्यासिनाे र मल्ल होटलको बेली क्यासिनोलाई सात दिनभित्र कर तिर्न भनेको हो । सात दिनभित्र कर नतिरे कारबाही गर्ने महानगरपालिकाले पत्रमार्फत चेतावनी दिएको छ ।
बाग्मती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक–पटक ताकेता गर्दा पनि चार वर्षदेखि कर नतिरेको महानगरपालिकाले जनाएको छ । प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र त्यसको जरिवानासहित सात दिनभित्र कर चुक्ता नगरे महानगरको राजस्व ऐनअनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ । सात वटै क्यासिनोले प्रतिव्यक्ति प्रवेशबापत ५० रुपैयाँ महानगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । उज्यालो

September 5, 2022 1:53 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग