

केन्यामा टी–२० र एकदिवसीय शृङ्खला जितेको नेपाली टोली काठमाण्डाै आइपुग्याे

काठमाण्डौ – केन्यासँगको टी–२० अन्तर्राष्ट्रिय र एकदिवसीय अभ्यास शृङ्खलामा सहभागी भएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज बुधवार स्वदेश फर्किएको छ ।
पाँच वटा टी–२० र तीन वटा एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज काठमाण्डौ आइपुगेकाे हो । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीसँगको पाँच खेलको टी–२० शृङ्खला तीन–दुईले र तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।
भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिए । एकदिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाmेका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताए ।
यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको शृङ्खला नयाँ र युवा खेलाडीका लागि अनुभव सङ्गाल्ने मौका भएको प्रतिक्रिया दिए । नयाँ प्रशिक्षकको योजनाअनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने उनको भनाइ छ ।
नेपाल फर्किएका खेलाडी अब नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेशअनुसारको टोलीमा आबद्ध हुनेछन् । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ भने पुरुष क्रिकेट भदौ २३ गतेदेखि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा आयोजना हुदैछ । उज्यालो
September 7, 2022 3:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

