भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा
काठमाण्डाै – साफ महिला च्याम्पियनशिप अन्तर्गत दाेस्राे सेमिफाइनलमा नेपालले भारतलाई हराउँदै फाइनलमा पुगेकाे छ ।
दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले भारतलाई एक–शून्य गाेलले हरायाे । नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।
भारतमाथि नेपालकाे याे ऐतिहासिक जित हाे । नेपालले साफ महिला इतिहासमा भारतमाथि पहिलो जित निकालेकाे हाे । याेसँगै नेपाल पाँचौँ पटक फाइनलमा पुग्दा भारत भने पहिलो पटक फाइनल पुग्न सकेन । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।
नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार बेहाेरेको छैन । समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।
अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे हाे । फाइनल खेल साेमवार बेलुकी ५ बजे सुरु हुनेछ । उज्यालो
September 17, 2022 3:45 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी