जापानमा शक्तिशाली समुद्री आँधी, ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह
जापानमा अहिलेसम्म आएको ठूलोमध्येको एउटा समुद्री आँधी टाइफुन नान्मादोल दक्षिणी टापु क्युशुमा बज्रिएको छ । याे आँधी प्रतिघण्टा एक सय ८० किलोमिटरको गतिमा अघि बढिरहेको बीबीसीले जनाएको छ ।
आँधीका कारण केही क्षेत्रमा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । आँधीले ठूलो बाढी र पहिरो गराउन सक्ने भएकोले कम्तीमा ४० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । तीव्र गतिका रेल, फेरीहरू र सयौँ उडानहरू रद्द गरिएका बीबीसीले जनाएको छ । जापानको जलवायु निकायले नान्मादोलका कारण तटीय क्षेत्रमा मुसलधारे वर्षा र आँधीबेहरी आउने जनाएको छ । हावाको गति निकै शक्तिशाली हुँदा घरहरू ध्वस्त हुनसक्ने जोखिम रहेको जलवायु निकायको भनाइ छ ।
जापानको जलवायु निकायका एक अधिकारीले यो आँधी सन् २०१८ मा आएको जेबी र सन् २०१९ को हगिबिस आँधीभन्दा खराब हुनसक्ने बताएका छन् । समुद्री आँधीसँग जुध्न जापानमा राम्रोसँग तयारी गर्ने गरिन्छ । तर जलवायु परिवर्तनले यस्ता विपद्हरू ठूला र थप विध्वंशकारी बनाइरहेको वैज्ञानिकहरूले बताएका छन् । उज्यालो
September 18, 2022 10:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग