

चिसाे सुरु भएसँगै अस्पतालमा डेङ्गीका बिरामीकाे सङ्ख्या घट्याे

काठमाण्डाै – चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।
डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उहाँले बताउनु भयो ।
सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम रहेका बताउनु भयो । उहाँले दशैँको बेलामा अस्पतालले डेङ्गी बढ्ने अनुमान गरेर आवश्यक तयारी गरे पनि बिरामीहरु कम आएका बताउनु भयो । सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाउला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेङ्गीबाट बच्न सक्ने बताउनु भयो । उहाँले डेङ्गीको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
गौतमले विगतको वर्षमा भन्दा यस वर्ष सर्पदंशका बिरामीहरु भने बढिरहेको बताउनु भयो । गएकाे वर्षहरुमा असोज महिनादेखि सर्पदंशका बिरामीहरु धेरै नआएको तर यस वर्ष भने अहिले पनि ५ जना सर्पदंशका बिरामीहरु अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो । उज्यालो
October 8, 2022 5:41 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

