चीनमा ८३ मिटरभन्दा अग्लो रुख
चीनमा रहेका मध्ये ८३ दशमलव ४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरूको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण हिजाे आइतवार सार्वजनिक गरेको हो ।
शाङ्घाई चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरूमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी त्याे सबैभन्दा अग्लो रुखको नाम ‘अबिज एर्नेस्ती वर सालौएनेन्सिस’ राखिएको छ ।
चीनको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने पहाडी भू–भाग तिब्बत स्वशासित क्षेत्रमा त्याे रुख रहेको जनाइएको छ । यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गएकाे मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको इन्स्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गएकाे अगस्टमा पुष्टि गरिएको थियो ।
सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय सात सेन्टिमिटर रहेको छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ उज्यालो
October 11, 2022 2:06 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो