शेयर बजार ४ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीकाे २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर आठ प्रतिशतभन्दा धेरैल बढेको छ । सिटिजन्स् म्युचल फन्डकाे शेयर भने साढे चार प्रतिशतले घटेको छ । उज्यालो
October 13, 2022 4:33 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
Loading...