गाडी, जाँड–रक्सी, माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे
काठमाण्डाै – सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ ।
उद्योगी व्यवसायीहरूले प्रतिबन्ध खुलाउन दबाब दिइरहेका भए पनि आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्राध्यापक डा. गोविन्द केसीसँग गएको असाेज ८ गते भएको सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपैयाँ तोक्ने निर्णय पनि गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्य अवधि समाप्त मिति आउँदो कात्तिक ११ गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने, विभिन्न देशका ३७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर विलम्ब शुल्क र जरिबानाबापतको रकम मिनाहा गरी तीन महिनाभित्र नेपाल छोड्न प्रस्थान अनुमति दिनेलगायतका निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । उज्यालो
October 14, 2022 4:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग