देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने प्राधिकरणको घोषणा
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
‘आज पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भन्नुभयो ।
प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्ड जारी गर्ने तयारी पनि गरेको छ । नवौँ राष्ट्रिय खेलकुदको प्रतिस्पर्धाका क्रममा आज आइतवार बिहान प्याराग्लाइडिङ दुर्घटना हुँदा नेपाली सेनाको तर्फबाट खेलेका निसिम थापाको ज्यान गएको छ । उज्यालो
October 16, 2022 5:12 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
Loading...