बागी उम्मेदवार मनाउन समय थप्दै कांग्रेस, कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिन आग्रह
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन फेरि पनि आग्रह गरेकाे छ । यसअघि आज साेमवारसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे कांग्रेसले समय थप्दै कात्तिक ४ गतेसम्मकाे समय दिएकाे हाे ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेकाे कारबाही फुकुवा हुने उल्लेख छ ।
गएकाे बुधवार कांग्रेसले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे । त्यसयता कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन मनाउन आएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
Loading...