बागी उम्मेदवार मनाउन समय थप्दै कांग्रेस, कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिन आग्रह
3 years अगाडी
manoj Thapa
काठमाण्डाै – नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन फेरि पनि आग्रह गरेकाे छ । यसअघि आज साेमवारसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाे कांग्रेसले समय थप्दै कात्तिक ४ गतेसम्मकाे समय दिएकाे हाे ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएकाे हाे । उम्मेदवारी फिर्ता लिए पार्टीले गरेकाे कारबाही फुकुवा हुने उल्लेख छ ।
गएकाे बुधवार कांग्रेसले विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेकाे थियाे । त्यसयता कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन मनाउन आएकाे छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...