

पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।
पोखरा रङ्गशालाको कोर्टमा आज मङ्गलवार भएको अन्तिम क्वाटर–फाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश १ हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको हो ।
एकतर्फीजस्तै देखिएको खेलमा गण्डकीले प्रदेश १ लाई २५–२०, २५–२१ र २५–१३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारसँगे प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै भएको अर्काे खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि तीन–एकको सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो । चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
खेलको क्रममा एपीएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वाटर–फाइनलको खेल केही समयका लागि स्थगित भएको थियो । खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भए पनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् ।
भोलि बुधवार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र एपीएफ खेल्नेछन् । प्रतियोगिताको फाइनल भने पर्सि बिहीवार हुनेछ उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

