

अल्मुल्ला एक्सचेन्ज कपको उपाधि आयोजक टिम Mangaf FC लाई

कुबेत-कुवेतको फाहाहिलस्थित फुटबल मैदानमा हिजो सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको खेलमा पेलान्टी सुटमा पुर्वेली टाईगर लाई हराउँदै Mangaf FC उपाधिमा कब्जा जमाएको हो।
९ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै Mangaf FC र पुर्वेली टाईगर फाईनलमा प्रवेश गरेको थियो। फाईनल खेल दुबै टिम बिच कडा प्रतिस्पर्धा भएको थियो । निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल नभएपछी उपाधिको छिनोफानो पेलान्टी सुट बाट लिइएको थियो ।पेलान्टी सुटमा Mangaf FC क्लबले ५ विरूद्ध ६ गोल गर्दै उपाधि हात पारेको हो।
अल्मुल्ला एक्सचेन्ज कुबेतको मुख्य प्रायोजनमा तथा मंगाफ फुटबल क्लबको आयोजनामा भएको भएको प्रतियोगिताको विजेता टिम Mangaf FC लाई १०१ केडी नगदी, ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो भने द्दित्तीय हुने पुर्वेली टाईगर ५५ केडी नगदी,ट्रफी,मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो । भने यसैगरी खेलमा बेष्ट गोल रक्षक, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर,बेष्टफर्वाड, हाइ स्कोरर रेफ्री लाई ट्रफि, मेडल र प्रमाण पत्रले सम्मान गरेको थियो ।
कार्यक्रम संयोजक नबराज पराजुली अध्यक्षतामा सम्पन्न खेलमा प्रमुख आतिथ्यता,एनआरएनए कुवेतका अध्यक्ष रणध्वज लामा, अल्मुल्ला एक्सचेन्ज कुबेतको प्रतिनिधी,बिशेष अतिथिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसिसि सदस्य हरि लावति/ माधव पौडेल, त्यसगरी कुबेतमा कृयाशिल नेपाली संघ संस्थाका पदाधिकारी, पत्रकारहरु को उपस्थिति रहेको थियो।
आकर्षित बनाउन सेमिफाईनल खेल सम्पन्न भए पश्चात पुराना तथा अनुभवी खेलाडीहरुको २ टिम बनाई खेलाईएको थियो भने कार्यक्रमलाई एनआरएनए एनसिसि कुवैतका प्रवक्ता केशर घ्लान तामाङ सञ्चालन गरेका थिए। भने खेलमा अल्मुल्ला एक्सचेन्जले कोसेली स्वरुप गिफ्ट उपहार प्रदान गरेका थिए।
October 29, 2022 9:37 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

