व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ नाघ्याे
काठमाण्डाै – चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ नाघेकाे छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको गएकाे असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ ।
यस अवधिमा देशको व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ ।
आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालु आवको तीन महिनामा व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गएकाे आवमा पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकाेमा यस आवको तीन महिनामा चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।
गएकाे आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकाेमा चालु आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आइ चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।
यस्तै गएकाे आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकाेमा चालु आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो । उज्यालो
October 30, 2022 5:11 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग