ट्विटरले झण्डै ४ हजार कर्मचारीलाई कामबाट निकाल्यो, मस्कको चौतर्फी आलोचना
सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले कम्पनीका झण्डै आधा कर्मचारीलाई जागिरबाट निकाल्नुभएको छ । अघिल्लो हप्ताा ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेका मस्कले सीईओ र सञ्चालक समिति भंग गरेर सबै अधिकार आफ्नो हातमा लिनुभएको थियो ।
हिजो मात्रै उहाँले कम्पनीमा कार्यरत झण्डै ४ हजार जना कर्मचारीलाई जागिरबाट निकालेको बीबीसीले जनाएको छ । मस्कको निर्णयको चौतर्फी आलोचना भइरहेको छ । तर ट्विटरले दैनिक ४ करोड डलर घाटा बेहोरिरहेकाले कर्मचारी कटौती गर्नु आफ्नो बाध्यता रहेको उहाँकाे दाबी छ । जागिरबाट निकालिएका सबै कर्मचारीलाई तीन महिनाको अतिरिक्त तलब दिइएको पनि उहाँले बताउनुभएको छ ।
कर्मचारी निकाल्ने निर्णयको श्रम अधिकारवादीहरुले चर्को विरोध गर्दै मस्कलाई क्रुर धनाढ्यको आरोप लगाएका छन् । जागिरबाट हटाइएका कर्मचारीले ट्विटरमा गुनासो र आक्रोस पोख्दा उनीहरुलाई अपरिचित व्यक्तिबाट धम्की आइरहेको र त्यो काम मस्ककै योजनामा भएको हुन सक्ने खबरमा उल्लेख छ । उज्यालो
November 5, 2022 5:07 pm | रोचक,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो