दाङ–१ मा थारु नेताबीच प्रतिस्पर्धा
दाङ – प्रतिनिधि सभाको ३ वटा र प्रदेश सभाको ६ वटा निर्वाचन क्षेत्र रहेको दाङमा ८९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसमध्ये प्रतिनिधि सभामा ११ र प्रदेश सभातर्फ १२ गरी २३ जना थारु समुदायका उम्मेदवार छन् । रमाइलो त के छ भने दाङको १ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि थारु नेताबीच मात्रै प्रतिस्पर्धा छ ।
थारु बाहुल्य दाङको क्षेत्र नम्बर १ मा ५ जना प्रतिनिधि सभा उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरी, एमालेबाट सचेतक बनिसकेकी शान्ता चौधरी, एमालेबाट टिकट नपाएपछि हाम्रो नेपाली पार्टीकी उम्मेदवार गंगा चौधरी, संघीय लोकतान्त्रिक मञ्च थरूहटबाट रुक्मिणी चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट डाक्टर सुरेन्द्र चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा प्रतिनिधि सभाका लागि जस्ले जिते पनि थारु समुदायको उम्मेदवारले नै जित हासिल गर्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर १ प्रदेश सभातर्फ पनि ५ जना थारू उम्मेदवार छन् । गठबन्धनबाट माओवादी केन्द्रका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जित चौधरी प्रदेश सभा सदस्यका लागि दाङ १ (क) मा उम्मेदवार बनेका छन् ।
दाङ १ (ख) मा नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरी, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट टीकलाल चौधरी प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।
दाङ क्षेत्र नम्बर २ को प्रतिनिधि सभामा २ र प्रदेश सभामा ३ जना गरी ५ जना थारु समुदायका उम्मेदवार चुनावी मैदानमा छन् । दाङ क्षेत्र नम्बर ३ मा ७ जना थारू उम्मेदवार छन् । यीमध्ये ३ जना प्रतिनिधि सभातर्फका छन् भने ४ जना प्रदेश सभाका लागि उम्मेदवार बनेका छन् ।
दाङ क्षेत्र नम्बर ३ (क)मा गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री डिल्ली बहादुर चौधरीको उम्मेदवारी रहेको छ । थारु समुदायको यो उम्मेदवारीलाई पहिचानको नारा बोकेको तत्कालीन थरूहट आन्दोलनको प्रभावका रूपमा पनि लिइएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दाङको कुल जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ मध्ये थारु समुदायको जनसंख्या १ लाख ६३ हजार १ सय १६ अर्थात् २९ दशमलव ५२ प्रतिशत छ ।
गएको वैशाखमा भएको पालिका चुनावमा दाङमा २ पालिका प्रमुख ३ उपप्रमुख २१ वडाध्यक्ष र ८४ सदस्य थारु उम्मेदवार निर्वाचित भएका छन् भने २०७४ सालमा चुनाव जितेका थारु समुदायबाटै लुम्बिनी प्रदेशमा दुई जना मन्त्री, संघमा एक जना मन्त्री र चार जना संघीय सांसद बनिसकेका छन् । उज्यालो
November 10, 2022 2:29 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
