३ महिनामा विदेशीले नेपालमा साढे ११ अर्ब खर्चिँदा नेपालीले विदेशमा २६ अर्ब रुपैयाँ खर्च गरे
काठमाण्डाै – विदेशीले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च दोब्बरभन्दा धेरै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय अवस्थाअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद सेवा आय २१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २३ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत पछिल्लो तीन महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय एक सय १० प्रतिशतले वृद्धि भइ ११ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा भ्रमण आय जम्मा पाँच अर्ब ४२ करोड रुपैयाँ मात्रै रहेको थियो ।
यस्तै साउन, भदौ र असोजमा सेवा खाताअन्तर्गत नेपालीले विदेशमा गर्ने खर्च अर्थात् व्यय ६२ दशमलव ३ प्रतिशतले वृद्धि भइ २६ अर्ब चार करोड रुपैयाँ पुगेको छ । नेपालीले वैदेशिक शिक्षाका लागि मात्रै तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको तीन महिनामा भ्रमण व्यय १६ अर्ब चार करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको खर्च जम्मा आठ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । उज्यालो
November 17, 2022 3:53 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
