चुनावमा भाेट हाल्न गाउँ फर्किने बढेसँगै काठमाण्डौ सुनसान (तस्बिरसहित)
काठमाण्डाै – चुनावका लागि काठमाण्डौबाट गाउँ जानेहरु बढेसँगै काठमाण्डौ सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाण्डौका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ ।

काठमाण्डौको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिए पनि काठमाण्डौका भित्री गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ । मंसिर ४ गते आइतवार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव हुँदैछ । चुनावमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरुबाट काठमाण्डौ आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाण्डौ सुनसान बनेको हो ।

त्यस्तै काठमाण्डौका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन् । चुनाव बिथोल्न सक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने चुनाव सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ । चुनाव भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ । उज्यालो






प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
