मतदानका लागि तोकिएको नियमित समय सकियो, तर केही ठाउँमा मतदान चल्दै
काठमाण्डाै – प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो । तर ५ बज्नुअघि मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेकाहरूले भने पाँच बजेपछि पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।
यस्तै केही मतदान केन्द्रहरूमा विवाद भएका कारण रोकिएको मतदान फेरि सुरु हुँदा केही घण्टाका लागि समय थप्न पाउने व्यवस्थाअनुसार समय थप भएको छ । मतपत्र फरक पर्दा केहीबेर रोकिएको दाङको तुलसीपुरमा रहेको पातु वनगाउँ मतदान केन्द्रमा बेलुका ७ बजेसम्मै मतदानको समय तोकिएको छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका ठाउँमा मतदान रोकिएको छ । ती ठाउँमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै मतदान सम्पन्न भएका ठाउँबाट मतपेटिका सङ्कलनको काम चलिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आजै बेलुकादेखि मतगणना सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । दुर्गम क्षेत्रका जिल्लामा भने मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले भोलि साेमवारदेखि मात्रै मतदान गर्ने तयारी आयोगले गरेको छ । दुर्गम ठाउँका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलनको व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाण्डौ क्षेत्र नम्बर ३ सहित केही सुगम ठाउँका निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरूले पनि भोलिदेखि मात्रै मतगणना सुरु गर्ने बताएका छन् उज्यालो
November 20, 2022 5:34 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
