

दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै

दाङ – दाङमा तोरी बालीको उत्पादन बर्सेनि घट्दै गएको छ । खेती योग्य जमिन प्लटिङमा परिणत हुनु, प्राङ्गारिक मल र सिँचाइको समस्याका कारण उत्पादन घटेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कुनै समय दाङमा उत्पादन भएको तोरी अरु जिल्लामासमेत खपत हुँदै आएकोमा अहिले दाङ नै परनिर्भर बन्दै गएको कृषि प्राविधिक माधव केसीले बताउनुभयो ।
स्थानीयले तोरीको तेलको साटो सूर्यमुखी र भटमासको तेल प्रयोग गर्न थालेका स्थानीय गीता विष्ट बताउनुहुन्छ । केही वर्षअघिसम्म तोरीकै तेलले वर्षभर खान पुग्ने भए पनि पछिल्लो समय घरको उत्पादनले पनि नपुगेपछि बजारबाट खरिद गर्न थालेको विष्ट बताउनुहुन्छ ।
ग्रामीण क्षेत्रमा पनि खेती नगर्ने र तेल बजारबाट किनेर ल्याउन थालेपछि तेल मिल विस्थापित हुन थालेका छन् । अहिले बजारमा प्रतिलिटर तोरीको तेलको मूल्य झण्डै चार सय रुपैयाँ पुगेको छ । दाङमा तोरी धेरै खेती हुने भएकाले माहुरीको चरनका लागि अरु जिल्लाबाट यहाँ माहुरीसमेत ल्याउने गरिएकोमा पछिल्लो समय तोरी छर्ने जमिन केही बाँझै छन् भने केही जग्गा खण्डीकरण भइसकेका छन् ।
दाङमा अहिले झण्डै १७ हजार हेक्टर क्षेत्रफलमा मात्रै तोरी खेती हुने गरेको छ । उज्यालो
November 21, 2022 3:24 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

