मगर सँघ कुवेतको चौंथो अधिवेशन १३ जनवरीमा हुने
कुवेत- मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवंआम नेपालीहरुको महान चाड माघेसकराती कार्यक्रम” १३ जनवरी २०२३ शुक्रबारका दिन बिभिन्न मगर परिकार लगायत मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको मगर सँघ कुवेतका महासचिब जय आले मगरले नेपाल दृष्टि लाइ जानकारी दिएका छन ।
कुवेत नगरीमा “ईतिहास,भाषा,संस्कृति संरक्षण–सम्बर्द्वन मगरहरुको मुलमन्त्र, भन्ने मुल नाराका साथ सन २०१२ मा मगर सँघ कुवेतको स्थापना भएको थियो । कुवेत नगरीमा जातीय सस्थाहरु मध्य मगर सँघ कुवेत पनि सकृय रहेको छ । मगर सँघ कुवेतले हरेक वर्ष कुवेतनगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ ।कुवेतमा स्थापना भएका कृयाशिल विभिन्न नेपाली सघ–सस्थाहरु संग मगर सँघ कुवेतले सहकार्य गर्दै आईरहेको छ ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई उपस्थितिको मगर सँघ कुवेतले अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाईदिन पनि अनुरोध गरेको छ ।
December 4, 2022 5:22 pm | मनोरञ्जन,लोकप्रिय,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी