

सत्ता गठबन्धनको दाबी : ‘अहिलेकै गठबन्धनलाई अघि बढाउने गरी जनमत आयो’

काठमाण्डाै – सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।
यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।
आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।
‘आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र देशको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’, बैठकपछिको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनको सरकारले पालिका, प्रदेश र प्रतिनिधि सभाको चुनाव सफलतापूर्वक सम्पन्न गरेसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान सुरक्षित हुने र देश राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढेको पनि गठबन्धनको दाबी छ । चुनावको बेला गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन दिँदा दिँदै पनि केही क्षेत्रमा असहयोग र असमझादारी देखिएको भन्दै गठबन्धनले आउँदा दिनमा उचित समीक्षा र सम्बोधन गर्ने जनाएको छ । चुनावमा सहयोग गर्ने र मत दिने सबै मतदातालाई धन्यवाद दिँदै गठबन्धनका दलहरूले निर्वाचित भएका सबै सांसदलाई बधाईसमेत दिएका छन् । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

माओवादिमा रहदा बम र बारुदसंग खेलेका विप्लव अचेल माटो संग खेल्छन

देउवासँग कोइरालाले मागे ओलीलाई प्रधानमन्त्री बनाउनुको चित्तबुझ्दो जवाफ

साँझबिहान इँटा सुकाउन ओल्टाइपल्टाइ गरेर गोमाले ल्याइन् ४ जिपिए, भन्छिन्: डाक्टर बन्ने चाहना छ

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवाैं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

