इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्याे
काठमाण्डाै – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाण्डाैदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।
काठमाण्डाैबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाण्डाै–सिमरामा एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाण्डाै–भद्रपुरमा छ सय, काठमाण्डाै–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाण्डाै–जनकपुरमा दुई सय ६०, काठमाण्डाै–भरतपुरमा दुई सय १५ र काठमाण्डाै–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ । उज्यालो
January 9, 2023 3:47 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :