

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने विश्व बैंकको अनुमान

काठमाण्डाै – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा धेरै फरक नपर्ने जनाएको हो ।
अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको विश्व बैंकको अनुमान छ । यस्तै सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । कोरोना महामारीको प्रभावसँगै रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने विश्व बैंकको प्रक्षेपणबीच नेपालको अर्थतन्त्र भने स्थिर रहने देखिएको छ ।
विश्व बैंकका अनुसार सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर १ दशमलव ७ प्रतिशतमा सीमित हुने छ । विश्व बैंकले छ महिना अगाडि विश्वको अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान गरेको थियो । यस्तै सन् २०२३ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५ दशमवल ५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।
दक्षिण एसियाली देशमध्ये यस वर्ष सबैभन्दा धेरै माल्दिभ्सको आर्थिक वृद्धिदर ८ दशमलव २ र सबैभन्दा कम श्रीलङ्काको शून्य ४ दशमलव २ प्रतिशत रहने अनुमान छ । दक्षिण एसियामा नेपालभन्दा माथि माल्दिभ्स, भारत र बङ्गलादेशको आर्थिक वृद्धि राम्रो रहने अनुमान छ । विश्व बैंकले दक्षिण एसियामा खाद्यान्नको मूल्य वृद्धिसँगै विपन्न र न्यून आय भएका समूह खाद्य असुरक्षाको सङ्कटमा धकेलिन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । जलवायु परिवर्तनको असरले अर्थतन्त्र थप सङ्कटमा जान सक्ने जोखिम रहेको विश्व बैंकको भनाइ छ ।
अमेरिका, युरोपेली देश र चीनको अर्थतन्त्र सङ्कटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको विश्व बैंकको भनाइ छ । सन् २०२३ मा अमेरिकाले आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशत र चीनको चार दशमलव ३ प्रतिशत रहने अनुमान छ । उज्यालो
January 11, 2023 5:27 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

