टिकटक लाइभमा जुवा खेलाउने ४ जना पक्राउ
काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा लाइभमा आएर जुवा खेलाउने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका ३ घर भइ ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय ऋषि प्रकाश योगी, भक्तपुर सूर्यविनायक नगरपालिका १० का २७ वर्षीय कपिल गिरी, मध्यपुर थिमि नगरपालिका ६ घर भइ मध्यपुर १ २१ वर्षीय प्रेम कठायत र कैलाली गौरीगंगा नगरपालिका ६ घर भइ मध्यपुर थिमि बस्ने २० वर्षीय डिल्लीराज अवस्थी छन् ।
उनीहरूले काठमाण्डाै उपत्यकाभित्र आफ्नाे ई–सेवा लगायतका डिजिटल वालेटमा विभिन्न व्यक्तिहरूलाई पैसा जम्मा गर्न लगाइ जुवा खेलाउने गरेकाे भन्ने सूचनाकाे आधारमा पक्राउ गरेकाे काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ । उनीहरूलाई गएकाे मङ्गलवार काठमाण्डाै उपत्यकाका ग्वार्को, सूर्यविनायक, लोकन्थली लगायतका ठाउँबाट पक्राउ गरिएकाे कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले जानकारी दिनुभयाे ।
पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त जगाती र ठिमी पठाइएको प्रहरीले जनाएकाे छ । उज्यालो
January 12, 2023 11:51 pm | अपराध
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै