पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द, जनजीवन प्रभावित
पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ ।
अहिले पनि सबैभन्दा ठूलो सहर कराँची, राजधानी इस्लामावाद लगायत लाहोर, पेशावर लगायतका सहरमा विद्युत् सेवा बन्द रहेको बीबीसीले जनाएको छ ।
पाकिस्तानको बिजुली वितरण प्रणाली नाजुक र जोखिमपूर्ण रहेको कारण ग्रिडको एक भागमा आएको समस्याले देशभरी सेवा बन्द गर्नुपर्ने अवस्था रहेको खबरमा उल्लेख छ ।
पछिल्लो दुई वर्षमा देशभर तीन घण्टाभन्दा धेरै समय विद्युत् सेवा बन्द भएको आज दोस्रोपटक हो । यसैबीच संसद भवनमा विद्युत् आपूर्ति बन्द भएपछि पाकिस्तानको राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरेको बीबीसीले जनाएको छ ।
सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गर्दै आज बेलुका ४ बजेदेखि बुधवार बिहान ११ बजेसम्मका लागि हुने सबै बैठकहरू स्थगित गर्नुभएको छ । उज्यालो
January 23, 2023 4:23 pm | अर्थ,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।