झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुले आक्रमण गरेको शंका
काठमाण्डाै – झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।
सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो । केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने उज्यालोलाई जानकारी दिनुभयो ।
‘प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले हामीले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भयौँ’, पोखरेलले भन्नुभयो । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।
अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् । उज्यालो
January 28, 2023 5:46 pm | अपराध,टप,रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण