Thursday 19th September 2024

झण्डै तीन घण्टापछि खुले सरकारी वेबसाइट, ह्याकरहरुले आक्रमण गरेको शंका

2 years अगाडी

काठमाण्डाै – झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् । दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए ।

सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो । केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने उज्यालोलाई जानकारी दिनुभयो ।

‘प्रारम्भिक रुपमा हेर्दा बाहिरबाट आक्रमण भएको देखिएको छ, तर उनीहरुले पूरै कब्जा जमाउन नपाएकाले हामीले केही समयमै वेबसाइटलाई सञ्चालन गर्न सफल भयौँ’, पोखरेलले भन्नुभयो । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।

अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका  हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् । उज्यालो

          January 28, 2023 5:46 pm | अपराध,टप,रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...