सोनाम ल्होछार कार्यक्रमका लागि कलाकार विश्व दोङ ३१ तारिक बिहान कुवेत आइपुग्ने।
दिलकुमार पाख्रीन/२८ जनवरी कुवेत। नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट आमन्त्रित अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएको छ। गायक दोङ २२ तारिक तामाङ समाज युएइ ले आयोजना गरेको ल्होछार कार्यक्रम सम्पन्न गरि २७ तारिकमा नेपाल तामाङ घेदुङ बहानले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३ फेब्रुअरीमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा आमन्त्रित अतिथी कलाकारको रूपमा कुवेत आउन लागेको हो। उनको आगमनलाइ भव्यताका साथ स्वागत गर्नका लागि ३१ तारिक बिहान ठिक ११ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिनुहुन कुवेतमा रहेका विभिन्न संघ संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै नेपालिहरुलाइ आयोजक कमिटिले अनुरोध गरेको छ।

गायन, संगीतकार एरेन्जर समेत गरेर नेपालमा सेलो बेसमा अत्यन्तै ब्यस्त रहेका गायक दोङ यसपालिको ल्होछारमा पनि सधैं जस्तै निक्कै ब्यस्त रहेको छ। कुवेतमा ल्होछार कार्यक्रम सकेपश्चात भोलिपल्टको कार्यक्रमका लागि सोही दिन उनी नेपाल प्रस्थान गर्नेछन। उनको ४ फेब्रुअरीमा धादिङमा कार्यक्रम रहेको छ।
पछिल्लो समयमा युट्युब, टिकटक लगाएतका सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका मया भन्दा ठूलो जात होइन मलाइ त त्यस्तो लाग्दैन, मायाले बाँधौँ तिमी र म, समाजले केही गर्न सक्दैन।, कहाँ पर्यो घर ज्यान मैच्याङ चिनजान गरौंन जस्ता दर्जनौं गीतका गायक दोङको कुवेत भ्रमण यो नै पहिलो हो। यश पहिले सयौं जना नेपाली कलाकारजरुले कुवेतमा प्रस्तुती दिइसकेका छन। मतलव यहाँका दर्शकहरुले लगभग सबै जसो कलाकारहरुको प्रस्तुती चाखी सकेका छन। तर कुवेतका दर्शकहरुले उनलाइ चाहिँ कति रुचाउने हो त्यो हेर्न भने बाँकी छ।
January 29, 2023 1:53 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने