पत्रकारलाई संसद् भवनमा राेक्नुपर्नै कुनै कारण छैन : सभामुख घिमिरे
काठमाण्डाै – सभामुख देवराज घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमवार संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।
उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचार सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने घिमिरेकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मिडियाले भइरहेका कुराहरू समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने हाे । देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरूलाई लिएर पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठेराे पार्नुपर्ने हुँदैन । सही कुरा रोक्नका लागि संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन । आउँदैन । आउनुहुँदैन ।’
सभामुख घिमिरेले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमजोरीलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उज्यालो
January 30, 2023 5:52 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप