सर्वाेच्च अदालतबाट पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुन्छ : प्रधानमन्त्री
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठ नआएसम्म नयाँ गृह मन्त्री नियुक्त नगर्ने हुनुभएको छ ।
मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टी सचिव गणेश साहले प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दाको पूर्ण पाठ नआउँदासम्म गृह मन्त्री नियुक्तिका बारेमा निर्णय नहुने बताउनुभएकाे जानकारी दिनुभएकाे हो । उहाँले त्यस बेलासम्म गृह मन्त्रालय प्रधानमन्त्रीले आफूसँगै राख्ने बताउनुभयाे । रवि लामिछाने गैरसांसद भइसकेको अवस्थामा उहाँलाई मन्त्री बनाउँदा अन्य गैरसांसदले पनि मन्त्री बन्ने आकाङ्क्षा राख्ने भन्दै उहाँले प्रधानमन्त्रीले सर्वोच्च अदालतको पूर्ण पाठको प्रतिक्षा गर्ने बताउनुभयो ।
सचिव साहले माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोजेको बताउनुभयो । उहाँले संविधानको मर्म र भावनालाई पूरा गर्ने विश्वसनीय व्यक्तिलाई राष्ट्रपति बनाउन पार्टीले क्रियाशिलता अगाडि बढाएको बताउनुभयाे ।
पदाधिकारी बैठकमा नेताहरूले कार्य विभाजन गर्दै तीन महिने कार्यक्रम लिएर जानुपर्ने सुझाव दिएका सचिव साहले जानकारी दिनुभयो । माओवादी केन्द्रले बुधवार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटीको बैठकले पार्टी सङ्गठनको सम्बन्धमा निर्णय गर्नेछ । उज्यालो
January 31, 2023 5:49 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार