

कुबेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार

कुवेत ; नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङ को साथमा हिजो मिती ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिव्स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ ।
ॐ माने पेमे होमको मुटु छुने धुनमा लामा गुरुहरु बाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी शुरुवात गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नाराण घलान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भण्डारी तथा अन्य अतिथीहरूमा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरु आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। ।संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए। भने संस्थाका सल्हाकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ सँस्कृती घेदुङ कुवेतका अध्यक्ष हिमाल लामा ले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।
प्रमुख अतिथी दुर्गाप्रसाद भण्डारीले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई बधाइ तथा शुभकमना दिएका थिए। यसरी नै शुभकामना दिनेहरुमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा,आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ,गैरआवासीय नेपाली संघ, आइसीसी सदस्य- हरि लावती/माधब पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल,नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष चन्द्र तमाङ,नेपाली समाज कुबेत धुर्ब कुमार सङ्ग्रौला,लगयतले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए।
आफनो भेष-भुषामा अति नै आकर्षक द्रिष्यमा सजिएका आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका सेलो नाँच,डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामुहिक नृत्य गरी झनै ल्होछार लाई सुगन्ध भर्ने काम नेपाल तामाङ घेदुङ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो। भने नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगितकार आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक विश्व दोङ तामाङले आफनो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए।
अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङ लाई प्रमुख अतिथी को हात बाट मायाको चिनो सरुप सम्मान पत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष नाराण घलानले सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु,संघ-संस्थाका प्रतिनिधीहरु,विशिष्ट व्यक्तित्वहरु,नेपालबाट आमन्त्रित कलाकार,पत्रकार,लगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएका थिए।
February 4, 2023 8:17 pm | लोकप्रिय,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

कुवेतमा तीन किराती संस्थाको संयुक्त आयोजनामा हुने उभौली तथा सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

