टर्की भूकम्प : ज्यान गुमाउनेकाे सङ्ख्या ५ हजार नाघ्याे, ३ हजार जना विदेशी सैनिक उद्धारमा खटिए
सिरियाको सीमा नजिकै टर्कीमा हिजो साेमवार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार जना नाघेको छ ।
टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । २० हजार जना घाइते भएका छन् । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएकाे जानकारी दिनुभएको छ । मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्धारको काम गर्नेछन् । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।
अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडित युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरूका कारण सहयोगी पुग्न सकिरहेका छैनन् । टर्की र सिरियाको सिमानामा हिजो ७ दशमलव ८ र ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या अहिले पुष्टि भएको सङ्ख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ । उद्धारकर्मीले भग्नावशेषमा थुप्रै मृतक भेटिरहेका छन् । उज्यालो
February 7, 2023 5:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव