अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : यूएसएआईडी प्रमुख पावर
काठमाण्डाै – अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख समन्था पावरले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई विस्तार गर्न चाहेको बताउनुभएको छ ।
दुई दिने नेपाल भ्रमणकाे अन्तिम दिन आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आउँदा दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहेको दाबी गर्नुभयो ।
प्रमुख पावरले नेपालमा अमेरिकाले गरेको लगानीलाई भूराजनीतिक सम्बन्धका रूपमा नबुझ्नसमेत आग्रह गर्नुभयो । उहाँले अमेरिकाले नेपाललाई प्राथमिकताका साथ सहयोग गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भूराजनीति परिवर्तन भइ नै रहन्छ । शीतयुद्धभन्दा अघि एक ठाउँ थियो र शीतयुद्धमा अर्को र पछि अर्को भयो । तर हामी काममा केन्द्रित हुनेछौँ, नेपाललाई अमेरिकाले गरेको सहयोगलाई भूराजनीतिक विषयसँग नजोड्नुहोला । हामी साथमा काम गर्नेछाैँ, अमेरिकाले नेपालमा गर्ने लगानी कुनै भूराजनीतिक आयामको उत्पादन हो भनेर हामीले लिएका छैनौँ । नेपालसँग गरेको प्रतिबद्धताको उत्पादन हो ।’
प्रमुख समन्थाले सञ्चारकर्मीले सोधेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’ मा नेपालका प्रधानमन्त्रीलाई बोलाइएको हो भन्ने प्रश्नमा नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गर्नुभएका प्रतिबद्धताहरुलाई व्यक्त गर्न पाउने अवसरका रूपमा हेरेको बताउनुभयो । उहाँले त्याे सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि आमन्त्रण गरेको जानकारी दिनुभयो । उज्यालो
February 9, 2023 1:04 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप