श्रमिकको समस्या सुन्न र समाधानका लागि सरकारले दूतावासमा छुट्टै ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न विदेशस्थित नेपाली दूतावासमा छुट्टै फोकल पोइन्टको व्यवस्था गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्यालाई सुन्न र त्यसको समाधानका लागि सहजीकरण गर्न दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय प्रधानमन्त्री स्तरबाट भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘श्रम कूटनीतिक प्रक्रियालाई सरल तथा छोटो र छिटो सेवा प्रवाहका लागि दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय भएको छ, श्रमिकको समस्या सुन्ने र समाधानकै लागि खटिने छुट्टै संयन्त्र दूतावासमा भएपछि श्रमिकको समस्या समाधानमा सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले समस्या परेका बेला दूतावासमा सम्पर्क गर्दा फोन नउठ्ने, समस्या नसुन्दिने लगायतका गुनासो गरिरहेको सन्दर्भमा सरकारले दूतावासमा श्रमिकको समस्या सुन्नकै लागि छुट्टै पोइन्टको स्थापना गर्ने भएको हो ।
यसका साथै श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीचको समन्वयका लागि समेत परराष्ट्र मन्त्रालयमा छुट्टै फोकल पोइन्टको स्थापना हुने सचिव अर्यालले बताउनुभयो ।
‘पछिल्लो समय मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन र श्रमिकको समस्या समाधानका लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको छ’ सचिव अर्याल भन्नुहुन्छ ‘वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक र हितको रक्षा गर्दै कल्याणकारी कार्य लगायत समग्र श्रम कूटनीतिलाई नै प्रभावकारी रूपमा लैजान आवश्यक छ, त्यसैको सुरुवात हो यो ।’ उज्यालो
February 9, 2023 8:01 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार