श्रमिकको समस्या सुन्न र समाधानका लागि सरकारले दूतावासमा छुट्टै ‘फोकल पोइन्ट’ को व्यवस्था गर्ने
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्या सुन्न र समाधानका लागि सहजीकरण गर्न विदेशस्थित नेपाली दूतावासमा छुट्टै फोकल पोइन्टको व्यवस्था गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्यालाई सुन्न र त्यसको समाधानका लागि सहजीकरण गर्न दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय प्रधानमन्त्री स्तरबाट भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘श्रम कूटनीतिक प्रक्रियालाई सरल तथा छोटो र छिटो सेवा प्रवाहका लागि दूतावासहरूमा छुट्टै फोकल पोइन्ट तोक्ने निर्णय भएको छ, श्रमिकको समस्या सुन्ने र समाधानकै लागि खटिने छुट्टै संयन्त्र दूतावासमा भएपछि श्रमिकको समस्या समाधानमा सहज हुनेछ भन्ने हाम्रो विश्वास छ ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले समस्या परेका बेला दूतावासमा सम्पर्क गर्दा फोन नउठ्ने, समस्या नसुन्दिने लगायतका गुनासो गरिरहेको सन्दर्भमा सरकारले दूतावासमा श्रमिकको समस्या सुन्नकै लागि छुट्टै पोइन्टको स्थापना गर्ने भएको हो ।
यसका साथै श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयबीचको समन्वयका लागि समेत परराष्ट्र मन्त्रालयमा छुट्टै फोकल पोइन्टको स्थापना हुने सचिव अर्यालले बताउनुभयो ।
‘पछिल्लो समय मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउन र श्रमिकको समस्या समाधानका लागि विभिन्न प्रयासहरू गर्दै आइरहेको छ’ सचिव अर्याल भन्नुहुन्छ ‘वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक र हितको रक्षा गर्दै कल्याणकारी कार्य लगायत समग्र श्रम कूटनीतिलाई नै प्रभावकारी रूपमा लैजान आवश्यक छ, त्यसैको सुरुवात हो यो ।’ उज्यालो
February 9, 2023 8:01 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना