५ दिनमै प्रधानमन्त्री प्रचण्डको बोली झुट साबित, बिदा घटाउनुको साटो बढाउने निर्णय
काठमाण्डाै – सार्वजनिक बिदा कम गर्ने भनेर प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आफैँ गरेको भाषण पाँच दिनमै गलत साबित भएको छ ।
गएकाे २४ गते मङ्गलवार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहमा समस्या भएको र सरकारी काम प्रभावित भएको भन्दै सार्वजनिक बिदा कम गर्ने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले सरकारी बिदाहरू धेरै भएका कारण नागरिकका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएकाले पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएको थियो ।
तर आज आइतवारमात्रै भाेलि साेमवार फागुन १ गते जनयुद्ध दिवसको दिन बिदादिने निर्णय गरेर आफ्नै बोलीलाई प्रधानमन्त्री प्रचण्डले झुट साबित गर्नुभएको छ । त्यति बेला उहाँले बिदा घटाउने बारेमा मन्त्रिपरिषदमा पनि छलफलसमेत गरेको जानकारी दिनुभएको थियो ।
यो वर्षका लागि सरकारले शनिवारबाहेक ४३ वटा सार्वजनिक बिदा दिएको छ । तर बीच–बीचमा मन्त्रिपरिषद्को बैठकले अरू थुप्रै पर्व, दिवस र शोकमा सार्वजनिक बिदा दिने निर्णय गरिरहेको छ । उज्यालो
February 13, 2023 2:13 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार