

कुवेतमा एम.बि बमजन गोल्ड कप अनिश्चित कालको लागि स्थगित “माउण्ट एभरेष्ट कप” १७ मार्चमा खेलाईने

कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एम.बि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ।
क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, सो को बदला “माउण्ट एभरेष्ट कप” स्थापना गरि आफ्नो फुटवल आयोजनाको १९औं संस्करण तत्काल सम्पन्न गर्ने समेत जानकारी दिएको छ।
क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्र्बार १७ मार्च २०२३ का दिन कुवेतको फर्वानियास्ठित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको क्लवको मासिक बैठकले आगामी खेल १७ मार्च २०२३ शुक्र्बारका दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा खेलाउने निर्णय गरेको हो।
क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार, महबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि ‘इन्ट्री फि’ बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।
February 20, 2023 5:37 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

तमू समाज कुवेतद्वारा नवौं रक्तदान कार्यक्रम सम्पन्न, १२९ जनाले रक्तदान गरे

विश्व कप प्रवेशको लागि ग्लोबल छनौटमा पर्न सफल महिला क्रिकेट टोली स्वदेश फर्कियो

निरन्तर घट्दो नाफाले टेलिकम सेवा प्रदायकहरू सङ्कटतर्फ

सिंहदरबारबाट सुमना-सागरको फेसबूक लाइभ : तीन ठूला पार्टी ‘विरुवा’ मास्न जोडतोडले लागिरहेका छन्

कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा बिहानैदेखि वर्षा :अबका तीन दिनसम्म नै पानी पर्ने सम्भावना

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

