अल मुजैनी कप भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखालाई
कुवेत – गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको ‘अल मुजैनी कप’ अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ ।

कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला ‘अल मुजैनी कप’ भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो ।
त्यसैगरी प्रतियोगितामा दोश्रो उपाधि कल्याणकारी नेपाली समाज कुवेत र तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।
अल मुजैनी एक्सचेन्जको मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद ७५/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।
कुवेतमा कृयाशिल नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । अल मुजैनी एक्सचेन्जका सेल्स हेड एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ गिरिजन र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो । साथै अल मुजैनी एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई आकर्षक उपहार समेत वितरण गरेको थियो ।
February 26, 2023 2:49 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले