भारतबाट ग्यासबाहेक अरु इन्धनको मूल्य घटेर आए पनि भाउ यथावत्
3 years अगाडी
manoj Thapa
काठमाण्डौ – नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले ग्यासबाहेक अरु इन्धनको मूल्य घटाएर पठाएको भएपनि मूल्य तत्काल नघटाउने भएको छ ।
पछिल्लो सूची अनुसार खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । तर उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ ।
हिजो प्राप्त इन्धनको नयाँ सूची अनुसार डिजलको भाउ ५ रुपैयाँ ५ पैसाले घटेको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टीतेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेर आएको छ । खाना पकाउने ग्यासको लागत प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँले बढेको छ ।
पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ । उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...