कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ (भिडियो सहित)
कुवेत नगरीमा छायाङ्कन गरिएको निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो पुष्कल शर्माको युट्युबबाट सार्वजनिक गरिएको छ । गायक सुन्दर परियारले कुवेतमा कार्यरत रहेर पनि असङ्खे नेपाली गीत सङ्गीत प्रेमीहरुका लागि लोकदोहोरी गीत ‘पुरानो घाउ’ को भिडियो सहित सार्वजनिक गरेका हुन ।
उक्त गीतमा चर्चित गायक तथा गायिका पुष्कल शर्मा र शान्ती श्री परियारको सुमधुर आवाजमा रहेको गीतको शब्द र संगीत गायक सुन्दर परियारको रहेको छ ।
दुई दर्जनभन्दा बढी गीतमा सुमधुर आवाज र एक दर्जनभन्दा बढी गीतमा आफै शब्द र संगीत गरेका गायक सुन्दर परियारले यस पटक भने निकै मार्मिक लोकदोहोरी गीत ‘पुरानो घाउ’ मा शब्द लेखेका छन । ‘भुल्दै भुल्दै जाउ यो दुखीलाई अब त भुल्दै भुल्दै जाउ, देखेसी बल्झिन्छ उही पुरानो घाउ’ प्रेमीले प्रेमिकालाई भुल्न निकै कठिन परेको र प्रेमिका लाई ब्रेनट्युमर भएका कारण झनै बज्रपात परेको अवस्थालाई भिडियोमा देखाईएको छ ।
कुवेतलाई कर्मथलो बनाउदै आएका श्याम बिसीको निर्देशन रहेको भिडियोको सम्पादन भने इन्द्र थापा मगरले गरेका छन । उक्त गीतको भिडियोमा कुवेतमै कार्यरत कृष्ण कार्की, मनिषा पाण्डे, श्याम बिसी, गायक बिबि मल्ल थकुरी, गोबिन्द बराल लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियो ७३ हजार भन्दा बढीले हेरिसकेका छ्न ।
March 4, 2023 12:40 pm | संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै