भलिबलकी उषा भण्डारीलाई ‘पिपल्स च्वाइस अवार्ड
काठमाण्डाै – नेपाली महिला राष्ट्रिय भलिबल टाेलीकी सदस्य उषा भण्डारीले स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड जितेकी छिन् ।
मङ्गलवार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाण्डाैकाे प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाे आयाेजना गरेर भण्डारीलाई पिपल्स च्वाइस अवार्ड दिएकाे हाे । उषाले अवार्ड जित्ने क्रममा मनोनयनमा परेका फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामालाई पछि पारिन् ।
पिपल्स च्वाइस विधाका लागि ई–सेवाको मतभार ५० प्रतिशत रहेको थियो । त्यसैगरी सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र खेल पत्रकारको मतभार १२ दशमलव ५ प्रतिशत रहेको थियो ।
उषाले नेपालमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा टोलीले रजत जित्दा सदस्य थिइन् । उनले यसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । उज्यालो
March 7, 2023 9:07 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :