 
						 
प्रचण्डमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण हो, कुनै पनि जवाफ दिन तयार छौँ : महासचिव विप्लव
 
 काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको जिकिर गर्नुभएकाे छ ।
शुक्रवार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको दाबी गर्नुभयाे । उहाँले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको बताउनुभयो । उहाँले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगतरूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले त्याे मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । याे गणतन्त्रलाई सम्पूर्णरूपले पश्चगामी र दलाल पुँजीपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हाे । विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नुहुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । प्रश्न उठ्छ किन ? किनकि क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरू, समस्याहरू, सङ्कटहरू, दमन, उत्पीडनहरूको विरुद्धमा हुने चिज हो । त्यो नागरिकसँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ । त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफमा हामीले के भनेका छौँ भने– प्रचण्डजीहरूले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरूको कुरा हो । तर जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरूलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । र त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो ।’
महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिलामात्रै नभएर राज्य र नागरिककाे मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा आएकाे बताउनुभयो । उहाँले माओवादी घटकहरू एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताउनुभयो । उज्यालो
March 10, 2023 5:55 pm | राजनीति 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
