

सुनको भाउ फेरि बढ्दै, आज १७ सय रुपैयाँले महँगियो

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ थियो ।
सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको सङ्ख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । ‘बेरोजगारीको सङ्ख्या बढ्दा सुनमा लगानी गर्ने बढ्छन् । यसले सुनको माग बढाउँछ । माग बढ्दा भाउ बढ्छ’ उहाँले भन्नुभयो । गएको माघ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च थियो । त्यतिबेला तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ थियो । त्यसपछि भाउ बिस्तारै घट्न थालेको थियो । तर, फेरि अहिले भाउ बढ्न थालेको हो । यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्न थालेको छ ।
विवाहको सिजनमा पनि कारोबार खासै नभएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार विवाहको सिजनमा दैनिक ५० किलो सुनको कारोबार हुने गरेकोमा अहिले २०/२५ किलो मात्रै कारोबार हुने गरेको छ । यस्तै, चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँले बढेर एक हजार दुई सय ४५ रुपैयाँ पुगेको छ । उज्यालो
March 12, 2023 6:25 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

