Wednesday 4th March 2026

घट्यो उखु खेती, चिनी मिल धमाधम बन्द हुँदै

3 years अगाडी

सर्लाही – समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हाे।

सरकारले  निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उहाँको भनाइ छ ।

सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ । उखुको उत्पादन घट्न थालेसँगै चिनी मिल समस्यामा पर्न थालेका छन् । उखु अभाव हुन थालेपछि सर्लाहीका  चिनी उद्योग बन्द हुन थालेका हुन् ।

उखु अभाव भएपछि बगदहमा रहेको  महालक्ष्मी सुगर मिल र धनकौलमा रहेको एभरेष्ट सुगर मिल बन्द भएका छन् । महालक्ष्मी सुगर मिल एक हप्ता अघि बन्द भएको हो । धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल माघको अन्तिम हप्तादेखि बन्द छ । यो उद्योगले अहिलेसम्म  किसानलाई  उखु खरिद बापत रकम भुक्तानी गर्न सकेको छैन ।

त्यस्तै सर्लाहीमा धेरै उखु क्रसिङ गर्ने इन्दुशङ्कर चिनी उद्योगले अहिलेसम्म २५ लाख ६२ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । यस वर्ष  उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले जानकारी दिनुभयो । उज्यालो

          March 14, 2023 3:20 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...